याे बिरानाे ठाउँ आज आफ्नै लाग्न थाल्यो। सायद संधै देखेर हाेकि माया माेह पाे बस्न थाल्यो। कतिन्जेल हिडिरहनु पर्नै हाे याे बाटाे साेचेकाे छैन मैले ।मलाई चासो पनि छैन। हुनत म यहीँ प्रदेशमा भएपनि राष्ट्रकाे लागि खुब चासाे देखाउँछु, मलाई कहिले महसुस भएन म परदेशमा छु भनेर।

आखिर म पनि मानव न हाे यथार्थ बाट भाग्न सक्दिन फेरि उतै सपना बुन्न थाल्छ।
तर सधै राष्ट्रकाे चिन्ताले किन सताइरहन्छ याे परदेशिलाई ?

सायद दिनभरि सामाजिक सञ्जालमा नेपाल कै बारेमा जिज्ञासा राखेर हाेला अथवा नेपालकै साथीभाइहरू संग बाेलेर हाेला। मलाई सानाे ठुलाे धनि गरिब केही काेहि लाग्दैन सबै समान मानव हुन जस्तो लाग्छ।हुन त अब अनुभवले पनि पक्का भयाे। खासै अरु मान्छे भन्दा फरक किसिमकाे छु। साच्चै भन्नू पर्दा मलाई कसैलाई पनि अन्याय परेकाे देख्न सक्दिन। एकदम कमलाे हृदय भएको व्यक्ति भित्रै पर्छु । जिवनमा कहिले कुनै पनि चिजकाे लालच गरिएन यदि गरेकाे हुन्थ्यो भने सायद पाउँथेँ पनि हाेला।
मेराे एउटा बानी के छ भने मलाई सबै भन्दा चासाेकाे विषय भनेकाे राजनीतिक हुन्छ।

यसाे आफैलाई ऐनामा उभिएर साेध्छु के मैले राजनीतिमा चासाे राखेर याे देशमा समृद्वि र सुशासन भित्राउन सक्छु हाेला। एकछिन त लाग्छ सबै तिर भ्रष्टाचार नै भ्रष्टाचार छ सबै उस्तै हुन ।फेरि १ गिलास पानी पिउदै साेच्छु हैन अरुले चासाे नदेखाएर चाहिँ के भाकाे छ र बरु मैले चासाे देखाई राखे भने एकदिन न एकदिन त युवाहरुले बुझ्नेछन् अनि हातेमालो गर्न आइपुग्छन् भन्ने एउटा आश जाग्छ।
फेरि आफू त गणतन्त्र पक्षधर दल, संगठन, समाज र देशमा पुर्णरुपमा गणतन्त्र स्थापित हुनुपर्छ भन्ने पक्षमा छु। तर कहिलेकाही गरिबले न्याय नपाएको देख्दा मेराे मुटु भित्र भुइचलाे नै आउँछ, राजनीतिकाे खिचातानीमा एउटा गरिब सिकार भन्दा मलाई क्रान्तिकारी भएर हतियार नै उठाएर न्यायकाे पालक बनाैं बनाैं पनि हुन्छ।

फेरि साेच्छु हैन राणा शासन त फाले पुर्खाहरुले हामी युवाहरु सचेत भएर एक जुट भैयो भने न्यायलयलाई पनि स्वतन्त्र बनाउन सक्छाै भन्ने आत्मविश्वास जाग्छ। फेरि सामाजिक सञ्जालमा आउछु र युवाहरुलाइ सचेत बनाउन लागि पर्छु। तर के गर्नु केहि केही व्यक्तिले मेरो उदेश्य त बुझेका हुन्छन तर पनि बाेल्न सक्दैनन् ।
ठिकै छ भन्छु यतिकै गर्दा गर्दै साझ पर्न थाल्छ बिहान विदाई गरेकी मेरी girl friend काे म्यासेज टुन टुन गर्दै ईनबक्समा आउँछ फेरि म खुसि हुँदै उतै रमाउन थाल्छु।

आखिर म पनि मानव न हाे यथार्थ बाट भाग्न सक्दिन फेरि उतै सपना बुन्न थाल्छ।
तर सधै राष्ट्रकाे चिन्ताले किन सताइरहन्छ याे परदेशिलाई ?

मेघराज खड्का
हाल युएई

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x