नुवाकोट/
वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत नुवाकोटका हिम ब तामाङ माईकल लामा सतारुढ नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जन प्रगतिशील मंच साउदीको दमाम क्षेत्रीय अध्यक्षमा निर्वाचित भएको छ।

सुर्यगढी-४ घर भएका सामाजिक अभियानमा सक्रिय तामाङ विगत ६ बर्ष देखि साउदी अरवमा सेल्सम्यानको रुपमा कार्यरत रहेका छन्।

शुक्रबार साउदीको पुर्बी क्षेत्र दम्मामको सिको स्थित होलिडे होटलमा सप्पन्न मंचको छैटौं अधिबेशनबाट लामाको अध्यक्षतामा २६ सदस्यीय समिति निर्वाचित भएको छ।

समितिको उपाध्यक्षमा जगत बहादुर खत्री,सचिबमा सुरज तिबारी ,सह सचिबमा टुकमान राहु मगर ,कोषाध्यक्षमा कैलाश कटुवाल सह अध्यक्षमा निरन्जन चौधरी , सदस्यहरुमा सोम बहादूर थापा,हिम बहादूर मगर,पदम लाल महतो ,बम राना मगर ,अमर मगर ,छेबाङ लामा,सोम बहादुर थापा ,कर नारायण चौधरी ,रबि थनेत ,राजेश थारू,झिजक राम थारू,सन्त मगर ,मोहन बहादुर मगर ,चित्र बहादुर मगर ,बिशाल कूमाल,कुमार माझि,केदारनाथ कूमाल ,किरतानाथ शर्मा,बुध्दराज भण्डारी,उत्तम बहादुर भट्टराई ,हरि सिंह खड्का ,किशोर तामाङ,सन्तोस क्षेत्री, राम निश्चल,सैलेस न्यौपाने र राजु कुवर रहेका छन् ।

त्यसैगरी सन्तोस देबकोटा ,मनोज पान्डे र सुदिप धादिङलाई सल्लाहकार समितिमा निर्वाचित गरिएको कार्यबाहक अध्यक्ष रामचन्द्र वाग्लेले जानकारी दिए।

मंचका सदस्य जगत खत्रीको स्वागत मन्तव्य र प्रवक्ता भक्त कार्किले कार्यक्रम संचालन गरेको कार्यक्रममा मन्चका कार्यबाहक अध्यक्ष तथा पश्चिम् एसिया सदस्य राम चन्द्र वाग्लेको प्रमुख आतिथ्य रहेको थियो भने विभिन्न बक्ताहरुले आफ्नो भनाई राखेका थिए।

श्रमजीवी श्रमिकहरुलाई अझैपनी माथिल्लो बर्गले थिचोमिचो मै राखेको र मजदुर बर्ग सचेत हुनुपर्नेमा जोड दिदै संगठनमा लाग्नुपर्ने कारणहरुलाई उजागर गर्दै हातमा हात मिलाएर अगाडी बढ्नको निमित्त आग्रह गर्दै हरि बुढाथोकीले आफ्नो भनाई व्यक्त गरेको छ।

त्यसैगरी, अर्का बक्ता डिल्ली बहादुर केसीले नेपाली श्रमिक खाडी आउँदा केहि न केही सीप सिकेर मात्र आउन आग्रह गरे।

प्रवासमा रहेर नेपाली नागरिकहरुले आर्जन गरेका पुजि, प्रबिधि ,र ज्ञानलाई रास्ट्रमा केन्द्रित र परिचालन गर्ने र गराउन राज्यका निकायहरुसंग छलफलमा रहेको बताउदै जनयुद्ध शब्द सुन्न नचाहनेहरुलाई इंगित गर्दै प्रमुख अथिती वाग्लेले भने- त्यही जनयुद्धको जगमा भएको आन्दोलनबाट आज देश भरिका सात हजार छ सय तिर्चालिस (७६४३) वडा हरुमा हिजो चुलो र चौकामा सिमित महिलाहरु एउटा वडामा दुई जना महिला प्रतिनिधि १५२८६ र प्रतेक वडामा एकजना दलित प्रतिनिधीहरुले शासन चलाई रहेका छ्न के यो जनयुद्धको जगमा स्थापित भएको होइन?के यो चानचुने कुरा हो भन्दै नयाँ भनिएका दलहरू प्रती आक्रोश पोख्दै यो ब्यबस्था ज्ञान बाहादुर ,रबि,सुनिल सर्मा हरुले ल्याएका होइनन हामिले रगत बगाएर ल्याएको हो।

त्यसैले हामीले गरेका राम्रा कामको प्रचार गरौ। नराम्रो कामको रचनात्मक आलोचना गरौ।अन्य दल सामाजिक ब्यक्तिहरुको सहि सुझावलाई ग्रहण गरौ। खराब काम हरुको खुलेर बिरोध गरौ भन्दै आफ्नो भनाई लाई छोट्याउदै नव निर्वाचित कार्यसमिति लगायत सम्पुर्ण टिमलाई सफल कार्यकालको सुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय