काठमाडौं ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज (आइतबार)बाट सुरु हुँदैछ ।यूएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछन ।

आज हुने पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।जसमा पहिलो खेल घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच हुनेछ ।ओमानको अल अमारतमा हुने पहिलो खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेल बंगलादेश र स्कटल्यान्ड बीच हुनेछ ।बंगलादेश र स्कटल्यान्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।जसमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहनेछन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x