• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    साफ च्याम्पियनसीप पछि फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले राजिनामा दिने घोषणा


    २०७८ असोज २७, बुधबार

    २०७८ असोज २७, बुधबार

    काठमाडौ।
    नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् ।

    बुधबार बंगलादेशविरुद्धको खेलपछिको प्रेस कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताएका हुन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।

    अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । बुधबार नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

    मिल्दो जुल्दो खबर