नुवाकोट।
जिल्लाको म्यागङ ६ तल्लो भञ्ज्याङमा रहेको प्रगतिशील युवा क्लबलाई आर्यान तामाङको पहलमा जर्सी उपलब्ध गराइएको छ।म्यागङ गाउँपालिका उपप्रमुख शान्ती लामाको आर्थिक सहयोगमा उक्त सामग्री आज हस्तान्तरण गरिएको हो।

नुवाकोट जागरण डट कमसंग कुरा गर्दै प्राप्त जर्सी क्लबका अध्यक्ष बिराज तामाङ, सचिब राज लोप्चन र गाउँका सकृय युवा राजेश तामाङलाई हस्तान्तरण गरेको सामाजिक व्यक्तित्व आर्यान तामाङले अन्लाईनलाई बताएका छन।

स्मरण रहोस हिजो मात्रै पनि सोयम तामाङ र आर्यान तामाङको पहलमा श्री प्रगातिशिल युवा क्लबलाई बल ५ वटा ,नेट जाली २ वटा ,पम्प १ वटा क्लब परिवार लाई हस्तान्तरण गरेको थियो।

यसैगरी जस्को श्रेय नेपाल कम्युनिस्ट पार्टी म्यागङ संगठन सदस्य सम्झाना गुरुङ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान तामाङलाई दिइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x