नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा रास्ट्रव्यापी अन्तरपालिका स्तरिय तेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। म्यागङ गाउँपालिकाको आयोजनामा आउँदो वैशाख ७ गतेदेखि १२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो।

नुवाकोटको ऐतिहासिकस्थल सामरीको जाल्पादेवी मन्दिर परिसरमा राष्ट्रियस्तरीयको भलिबल प्रतियोगिताको तेस्रो संस्करण हुन लागेको हो।

३ लाख ३ हजार ३३३ रुपैयाँ प्रथम पुरस्कार रहेको उक्त प्रतियोगितामा द्वितीय हुनेले २ लाख २ हजार २२२ रुपैयाँ र तृतीय हुनेले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार सहित शिल्डमेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

उक्त प्रतियोगितामा टिमदर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x