
नुवाकोट।
विभिन्न युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने युटुबेहरु पक्राउ परेका छन्।भिडियो , अन्तर्वार्ता तथा फोटो सहितको विवरण प्रसारण गर्ने ब्यक्तिहरु पक्राउ परेका हुन।
नेपाल साइबर ब्युरोका अनुसार युट्युब च्यानल संचालन गरी उक्त च्यानलहरु मार्फत पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुयाई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन , २०६३ अन्तर्गतको कसुर गरेकोले सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई युट्युब च्यानलका संचालकहरुलाई पक्राउ गरीएको हो।
Dainik Khabar युट्युब च्यानलका संचालकः जिल्ला दाङ तुलसीपुर उप – महानगरपालिका वडा नं . १७ मिमुवा . स्थायी घर भई काठमाण्डौ गोकर्णेश्वर बस्ने बुद्धिमान भण्डारीको छोरा वर्ष २१ को प्रदिप भण्डारी ।Harek Palko Khabar युट्युब च्यानलका संचालक : नुवाकोट सुर्यगढी गाँउपालिका वडा नं . २ चोकदे घर भई हाल जिल्ला काठमाण्डौ नेपालटार बस्ने राम प्रसाद अधिकारीको छोरा बर्ष २७ को शिशिर अधिकारी । ३. Saraichuli Media युट्युब च्यानलका संचालकः जिल्ला मोरङ वेलवारी नगरपालिका वडा नं.९ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ पेप्सिकोला बस्ने भुप नारायण कार्कीको छोरी वर्ष ३५ की पिकला कार्की । ४. Modern Online Tv युट्युब च्यानलका संचालकः जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं . ४ स्थायी वतन भई हाल काठमाण्डौ गोकर्णेश्वर बस्ने चन्द्र बहादुर तमाङको छोरा वर्ष २४ को रोधन तमाङ पक्राउ परेको प्रहरीले जनाएको छ।