• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    हो म त्यही बालक हुँ !


    २०८० जेठ २५, बिहिबार

    २०८० जेठ २५, बिहिबार

    खाना नखाएको हैन,
    तर अघाएको छैन !
    आराम पाएको होइन
    सायद पारिवारिक भार बिसाएको छैन !!

    जन्मदिने आमाबुबालाइ सैतान कसरी भनु,
    तर कलहको बिचमा कसरी म रहु !
    परिवारले वास्ता गरेनन् भन्या होइन ,
    तर साथ सपोट र भर पाएको छैन !!

    हो म त्यही बालक हुँ !!!

    बिहान सबेरै जाने काम,
    सायद पाएनन् होला आराम !
    तर बालकलाई हेरचाह पनि चाहिन्छ ,
    अनि त बुढेसकालमा सेवा पाइन्छ !!

    सिकायौ आमा तिमिले कलम कापी च्याप्न,
    सिकायौ बाबा तिमिले सीपकला जान्न !
    एकोहोरो दृष्टिकोणमा पुर्यायौ तिम्रा कर्म ,
    तर कहिल्यै बुझेनौ यो बालकको मर्म !!

    सबैलाई माया गर्नभनी सिकाएको होइन !
    तर त्यो माया मैले नै पाएको छैन !!

    हो म त्यही बालक हुँ !!

    सिर्जन ढुङ्गाना
    कक्षा १०
    लोटस् एकेडेमी
    सिमरा, बारा

    सम्बन्धित