• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    दिलका चोटहरु मलमले ढाक्न नमिल्ने रैछ


    २०७९ फागुण ७, आइतबार

    २०७९ फागुण ७, आइतबार

    मनमा वस्नेलाई भुईमा राख्न नमिल्ने रैछ
    दिलकाे चाेटहरु मलमले ढाक्न नमिल्ने रैछ।

    आँशुले भरियाे जीवन भनेर रुन्छन् सन्सार नै
    पिरहरु हटाई खुसीहरु डाक्न नमिल्ने रैछ।

    कला रहेछ जिन्दगी सिक्ने र सिकाउने खेल छ
    लडियाे भनेर हरेस खाई थाक्न नमिल्ने रैछ।

    जित्नेहरुले जित्छन् केही हार्नेहरुले हार्छन् केही
    तमासा अनेकौंमा यहाँ एक ताक्न नमिल्ने रैछ ।

    भगवती खनाल (सुनाखरी)
    नुवाकोट

    सम्बन्धित