• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    जापानीज कविता ‘चोका’ – श्रीराम श्रेष्ठ


    २०७९ पुष २२, शुक्रबार

    २०७९ पुष २२, शुक्रबार

    खुम्चेर बस्दा
    हरायो मानवता
    खेती बेमानी
    कठोर बनेर नै
    सपना च्यादै
    स्वार्थ लुट्न खोजेको
    एक्लो बनेर
    चोरबाटो ढुक्दामा
    समय टाढिएको
    जिस्क्याउँछ सधैं नै
    आँखा मै टास्यो
    दौडेको समयले
    घमण्ड जाग्दा
    चोरिएको सुखद
    टिक्नै मुस्किल
    बिग्रिएको बानीले
    तनाव खेप्दै
    मन पनि खुम्चेको
    पश्चातापमा
    बितेका अतीतले
    जलेको मन
    सहयोग नमिल्दा
    घोप्ट्यो अँध्यारो
    एक्लो पर्दा बिचल्ली
    उदासी मन
    पृथ्वीको भार लाग्ने
    आफ्नो जीवन
    बाँचेको निरर्थक
    छाति पिटेर
    गल्ती भुल्ने प्रयास
    आलो घाउँ कोटिदै ।

    श्रीराम श्रेष्ठ
    नुवाकोट बट्टार

    सम्बन्धित