म उ बेला राजन बम, भनेर चिनिने मान्छे हुँ। माओवादी आन्दोलनमा सबैले रूचाईएको जनवादी गित’हजार माईलको लामो बाटो एक पाइलाबाट सुरू हुन्छ’ बोलको गीत गाउने मान्छे। अरू धेरै नै छन् पार्टीको नाममा गित संगितको माध्यम बाट गरेका योगदान।

गाउँबाट गायक बन्ने सपना बोकेर काठमाडौ आर आर क्याम्पसमा संगित बिषय लिएर पढेको म कलेज जीवनमै ५५/५६ साल माओवादी समर्थक बन्न पुगे ।रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा माओवादी विद्यार्थी संगठनको कार्यक्रममा गीत गाउँदा यातना सहित प्रहरी हिरासतमा तीन रात बिताए। २०५७ को अन्तिम तिर माओवादी पूर्णकालीन सदस्य हुँदै सामना सांस्कृतिक परिवार सदस्य ।सेन च्याङ सांस्कृतिक परिवारको नेतृत्व हुदै अखिल नेपाल चलचित्र संङघको उपाध्यक्ष समेत रहे।केही समय जनमुक्ति सेनाको टिममा नेतृत्वको भूमिकासम्म निर्वाह गरी पुन सांस्कृतिक आन्दोलनमै रहेर देश तथा विदेश खासगरी भारतका गल्ली गल्लीमा गित गाउदै जागरण गराउँदै आफ्नो भूमिकालाई पूरा गरेको हुँ सबैलाई थाहा छ। पहिलो चोटी अन्ठाउन्न 58 सालमा भारतको नँया दिल्लीमा हजारमाईलको लामो बाटो गित रेकर्ड भाको थियो। मणि थापा दाई (पुर्व खानेपानी मन्त्री )माईला लामा दाई ,मोहित जि, सरगम जि ,स्वर्गिय योगिता मोक्तान लगायत थियौ।गित सुनेर हाम्रो पार्टीमा नारायण गोपालको जन्म भएछ भनेर भन्नु भो क प्रचण्डले भनेर मणीदाईले सुनाउदा तेति बेला माओवादी आन्दोलन र जनगायक हुनुमा गर्व गरेको थिए।अरू धेरै नै छ मेरा भूमिका सायद एउटा किताब भरिएला। पार्टीले मलाई पार्टीको जिम्मेवारी मेरो क्षमता अनुसार दिएकै हो यसमा मेरो केही गुनासो छैन ।

माओवादी आन्दोलनमा मैले दुई जिउकी श्रीमतीलाई गुमाएँ ।मेरो नाबालिका बहिनीले जनयुद्धको नाममा वर्षौं जेलको यातना भोगिन् ।मेरो घर चलेको थियो। हाम्रो परिवारको रोजीरोटी चलेको थियो ।सानो व्यवसाय थियो।

त्यो द्वन्द्वकै कारण ०५८ सालमा हो त्यति बेलाको झन्डै १२ लाख रुपैयाँ बराबरको क्षति भाको थियो ।मेरा बाआमा वर्षौं समाजबाट अपहेलित भएर बस्नु भो। किनकि म एक्लै माओवादी थिएँ त्यहाँको ।तात्कालीन शाही सासनले आतङ्ककारीको बाआमाको बिल्ला झुन्ड्याएको थियो।देशमा परिवर्तन (गणतन्त्र)आयो चित्त बुझाईयो।

हुँदाहुँदा विभिन्न नाममा पार्टी टुक्राटुक्रा भयो म पनि टुक्रे ।बाबुराम भट्टराईको पछि लागे वैकल्पिक शक्ति बनाउने हुटहुटीमा। त्यो आवश्यक नै थियो किनकी व्यवस्था परिवर्तन त भयो नेपाली जनताको अवस्था फेर्न पर्ने थियो। बाबुराम विचार सही थियो, आर्थिक बिकास र समृद्धीको कार्यदिशा मननयोग्य थियो ।तर उनी एक्लो बृहस्पति झैं भए ।वैकल्पिक शक्ति बनाउने रहरमा चुनाव पनि लडियो’ संगठन विस्तार गर्ने नाममा अलिअलि भाको पैसा, जोस, जाँगर पसिना सकाईयो। तर चाकडी गर्न फिटिक्कै मन लागेन। र कुनै लाभको पदमा नियुक्त हुने अवसर जुरेन।

अहिले पापी पेटको सबाल छ। यो राजनीतिको २३ वर्षको उपलब्धि त भन्न सक्दिन।पूर्णकालीन भएको हिसाब गरेर भन्दा यो ४३ वर्षको उमेरमा मनमा असाध्य पीडा थाम्दै दुधे २ वर्षको छोरासहित छोराछोरीलाई छोडेर श्रीमान्/श्रीमती नै खाडी मुलुक जाँदैछौं।

अहिले तपाईंहरूलाई लाग्दो हो यो कता हरायो, किन निष्क्रिय भयो। कुरो यस्तो हो म त्यही खाडी जान पठाओ सेवाको तालिम लिरहेछु ।खाडीमा डेलीभरी व्वाईको जागिर मिल्याछ।नेपालमै ऐप्स चलाउन सिकेयौ भने यता सजिलो हुन्छ भनेर साथीले भन्या भएर ।भ्रष्टाचार गरेर खानु भन्दा !जनताको शोषण गरी खानु भन्दा त पसिना बगाएर खानु बेश।अनि म के गर्दैछु नेताहरू ईश्वर रिजाल र रमेश खड्कालाई सबै मेरो कुरा थाहा छ।

खाडी मुलुक जान लाग्या पैसा सापटी देउभन्दा मानिसहरू हाँस्छन् ।बाबुराम भट्टराई र गंगानारायण तेरो नेता होइन। तँलाई त सबै कुरा पुगिहाल्छ नि ! के को खाडीतिर जाने। दुई पैसा पत्याउँदैनन्।

हुन त, यो मेरो भावना हो। फेरि यथार्थ पनि यही हो ।आजभोलि मनमा असाध्य पीडाबोध हुन्छ। राजनीती त पैसा हुनेले गर्ने हो। हामीले होइन। अहिले नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य हुँ । मेरी श्रीमती नुवाकोट जिल्ला सह-कोषाध्यक्ष छिन् ।के गर्ने हामी त भर्‍याङमात्र रहेछौ। मलाई लाग्छ, म जतिको केही जानेको ,बुझेको मान्छेलाई त यतिको पीडा छ । झन् अरूको कति होला ?म खाडी जादा देशलाई रेमिटेन्समा एउटा ईटा थप्पिन्छ खुशी छु।तर देशको स्थिति भयावह छ बेलैमा त्यतातिर ध्यानाकर्षण होस् ।मेरो सानो सुझाव।

आजकल खाडीतिर जान खर्च जोहो गर्न पठाओ चलाउँछु। बेला बेलामा विभिन्न पार्टीका नेताहरू चढछन् मेरो सवारीमा। बहालवाला वडाध्यक्षदेखि सासंदसम्म। कोहीलाई ठमेल मसाज केन्द्र पुर्‍याएँ । कोहीलाई दोहोरी। कोहीलाई पार्टी कार्यालय ।कोहीलाई हस्पिटल पुर्‍याएँ । एक दिन त आफ्नै पार्टीको कार्यकर्ता आफ्नै पार्टी कार्यालयमा पुर्याए ।मैले आफुलाई परिचय गराईन।किसान संघको केन्द्रीय सदस्य वाग्मती प्रदेश सदस्य हुनुहुँदोरहेछ ललितपुर ईमाडोल घर। भाइ १२० उठ्छ म तिमीलाई १५० दिन्छु मलाई हतार छ बैठक सुरू भो। अनि गेटसम्म लगिदिए सधैं आफैले चिया खाने ठाउँमा कार्यालयको छेउमै छोडीदिएँ ।३० रूपैया बढी आउँदा नि खुशीलाग्दो रहेछ । किनकि मलाई खाडी जाने पैसा जुटाउनु थियो। गेटमा बसेर एकछिन हेरे बाबुराम दाई र हिसिला दिदी आउनु भा रहेछ। ईश्वर रिजाल दाइलाई देखेँ। फुर्सद भए त पस्दा हुन्थियो। तर मलाई जति सकेको त्यति चाँडो ५ हजार पुर्‍याउनु थियो किनकि मेरो मेडिकल थियो।

अनि एक दिन जमलबाट बानेश्वरसम्म मेरो पठाओ सेवामा माओवादी नेता सांसद चिनकाजी गुरूङ दाइ चढ्नु भो। उहाँले त मलाई चिन्नु भएन। मैले पैले नै चिनेँ। अनि सिंहदरबार पुग्ने बेला जनवादी गीत ।म आफैंले गाएको गीत हजार माइलको गीत गुनगुनाए। गुरूङ दाइले भाइलाई नि गीत गाउन आउँदोरहेछ। अँ दाइ आउँछ। यो त माओवादी गीत हो। यो गायकलाई चिन्छौ भाइ ? यो गीत मलाई मन पर्छ।

अँ चिन्छु दाइ। यावत कुराहरू हुँदै गए। ओर्लने बेला भाइको नाम के हो ?राजन म त्यही गीत गाउने मान्छे हुँ दाई।

दाई एक छिन अकमक्क पर्नु भो ।अघि नै भन्नु पर्दैन कमरेड ? म हाँसे। २२० भाडा थियो ५०० दिनु भो। मेरो खुशीको कुनै सीमा रहेन। किनभने मलाई खाडी जाने पैसा जुटाउनु थियो। उहाँहरूको पम्फा दिदीसँग मिटिङरहेछ। फेरि भेटौंला भाई ।फोन नम्बर दिएर छुट्नु भो। अब एक दिन खाडी जाने ॠण माग्नु छ ।दाईले केही पर्यो भने सम्झिनु भन्नू भाको छ!

फेरी एक दिन एमाले नेता डोटी जिल्ला बहालवाला वडाध्यक्ष हुनुहुँदोरहेछ। सुन्धाराको दोहोरीबाट झुल भएर राति ११ बजे एक जना आईमाई साथी पनि हुनुहुँदोरहेछ निस्कनु भो। भाई मलाई किर्तिपुर लगिदेउ। म भन्दा ५ वर्ष भाई रहेछन्। ‘मैले हस् दाइ’ भनेँ । बाटोभरि माओवादी, कांग्रेसलाई गाली गरे। सुनेर गएँ । मलाई नि गाली गर्थे। मैले कुनै वास्ता गरिनँ । उनी सँग मेरो सम्बन्ध पैसाको थियो। नशाकै तालमा होला उनले नि चाहिनेभन्दा बढी नै दिए १०००।दोहोरीमा नी राम्रै रकम पूजा गर्या रहेछन्। धन्यवाद भन्दै बिदा भए। उनीसँग त भ्रष्टाचार गर्‍या पैसा थियो के भो र ? मलाई थाहा छ, कमाईको पैसाले त्यसरी मस्ती गरेर हिँड्न पुग्दैन। मलाई नि मतलब थिएन किनकि खाडी जान रकम जुटाउनु थियो। यस्ता धेरै अनुभव संगालेको छु।

अब मेरो दिर्घकालिन लक्ष्य भनेकै मैले मेरो घर परिवार र बुढा बाआमालाई खुसी राख्नु हो ।मलाई धोके बाज बेईमानी नभन्नु होला।साथीभाई, आफ्ना आफन्त र बैंक बितियसंस्था सँग लिएको ऋण चुक्ता गर्नु हो।समाजमा एक असल नागरिक को पहिचान दिनु हो। म कसैको बैईमानी बन्न चाहन्न। यसो हुनुमा मेरो नियत हैन । समयलाई चिन्न नसक्दा भएको दुर्घटना हो । त्यसैले खाडी जान लाग्या छु।

यि सबै हुनु दोष कसैलाई दिन्न। न त बाबुराम! न त प्रचण्ड। न त अरू कोही। तर देश त सम्हालि नसक्नु भाको छ! जताततै अध्यारो मात्र देखिन थाल्या छ।यसो हुनु देशको दुर्दशा हो।समस्या हो! नेताहरूले बेलैमा सोचुन्। यो अन्तिम परीक्षणको घडी हो। अब समयले पर्खनेवाला छैन।

राजन बम
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय