ढलिसक्यो रात अव अबेला भईसक्यो
बैरीका नजरमा प्रेम झमेला भईसक्यो।

कट्दैन यो जिन्दगी सधैंको दिल्लगीले
आजभोली भन्नु पनि खेला भईसक्यो।

अत्याधुनिक जमाना छ नबुझ्ने को छ र
सम्बृद्धिको सपना सबै रेला भईसक्यो।

केहि मात्र खवर सुनेको हिजै जस्तो लाग्छ
हेर्दाहेर्दै संक्रमितको यहाँ मेला भईसक्यो।

प्रगति हुन्जेल त स्मृतिका अघि पछि हुन्थे
दुर्गतिमा को हुन्छन् र अकेला भईसक्यो।

लक्ष्मी स्मृति
बिराटनगर-५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x