• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    आफ्नै आँखामा खुर्सानी दल्न सक्दिन !


    २०८० असार ३०, शनिबार

    २०८० असार ३०, शनिबार

    म‌ैले तिमिलाई चाहेर पनि छल्न सक्दिन
    आफ्नै आँखामा खुर्सानी दल्न सक्दिन।

    आकाश छाेडेर जुन उदाउने कल्पना नगर
    तिमी बिना एक पाईला चल्न सक्दिन।

    तिमी र मँ एक अर्का मा यति समर्पित छौं
    दियाे न हुँ तेल विना मँ जल्न सक्दिन।

    आउ प्रेमकाे अस्त्र शस्त्र मनभरि बाेकेर
    तिम्रै हुँ मँ अरुलाई अङ्गाल्न सक्दिन।

    सालिग्राम भट्ट

    सम्बन्धित