• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    चोका कविता – श्रीराम श्रेष्ठ


    २०७९ माघ २८, शनिबार

    २०७९ माघ २८, शनिबार

    जीवन यात्रा
    असफल भइदा
    हासेको दुःख
    पर्खाइ बिहानीको
    कालो छायामा
    अन्धकार पोखिंदा

    आँखा चिम्लेको
    निम्तेको आपतमा
    पसेको डर
    उज्यालो आगमन
    खुशीको क्षण
    भावुकिएर रुदै
    संसार जित्ने
    मनोभाव लिएको
    टुट्यो आकांक्षा
    अर्काको प्रगतिमा
    रिस गर्नेले
    धरापमा आफैं नै
    बिरानो लाग्ने
    चुम्बकीय टसाई
    शङ्का उब्जिदा
    द्वन्दको दलदल
    भुमरी पर्दै
    भासिएको मन
    उठ्न खोज्दामा
    भाचिएको विचार
    थुप्रेको घृणा
    भाग्यले ठगेपछि
    लाग्यो अचम्म
    पत्याउन मुस्किल
    वज्रपात आफैंमा ।

    श्रीराम श्रेष्ठ
    नुवाकोट

    सम्बन्धित