रास्वपा सरकारबाट बाहिरियो समर्थन भने कायमै रहने

ताजा समाचार राजनीति

नुवाकोट /
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा आजबाट सरकारमा सहभागी नहुने बताएको हो। यद्यपि प्रधानमन्त्री प्रचण्डलाई लदिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ।

गत ११ पुसमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको रुपमा सभापति रवि लामिछानेलाई नियुक्त गरेका थिए। त्यसको १ महिना १० दिनपछि आजबाट औपचारिक रुपमा सरकार छाडेको हो।

गत ७ असारमा घोषणा भएको यो पार्टीबाट श्रम तथा रोजगार मन्त्रीमा डोल प्रसाद अर्याल र शिक्षा मन्त्रीमा शिशिर खनाल छन्। त्यस्तै, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *