• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    न समाजवाद आयो न साम्यवाद !


    २०७९ माघ २०, शुक्रबार

    २०७९ माघ २०, शुक्रबार

    खै के पायौं मुखौटो रहेछ “संविधान” तिम्रो
    भन्थेउ समृद्धि झुठो रहेछ “रटान” तिम्रो।

    त्यसै लडायो जुधायो जनताका छोराछोरी
    मर्छन गरिबका मरेनन “सन्तान” तिम्रो ।

    उचाल अझै कार्यकर्ता मच्चाउ अराजकता
    बाल टायर हान ढुंगा नछोड “अडान” तिम्रो।

    न समाजवाद आयो नत साम्यवाद आयो
    फोस्रो भाषणमा ब्यर्थैको “बखान” तिम्रो।

    लाग्थ्यो सच्चा ईमानदार रास्ट्रभक्त नेता
    उल्टो सोचेछु कहाँ गयो “इमान” तिम्रो।

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ -५ नुवाकोट

    सम्बन्धित