• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    जङ्गली फूललाई माली चाहिँदैन


    २०७९ माघ १०, मंगलबार

    २०७९ माघ १०, मंगलबार

    उनीहरुको ताल अनुसार
    नाच्न नजानेपछि
    उनीहरुको चाल अनुसार
    चल्न नजानेपछि
    उनीहरुको रङ्ग अनुसार
    फुल्न नमानेपछि
    शहरीया मान्छेहरुले एकदिन आजित हुँदै सरापे

    जङ्गली !

    तब म जन्मजात जङ्गली पाराले नाच्दै उफ्रिएँ
    यो सम्झेर कि
    ढिलै भएपनि बुझेछन्
    यी सभ्य भनाउँदा शहरीयाहरुले
    जङ्गली हात्तीले माउते मन पराउँदैन
    जङ्गली फूललाई माली चाहिँदैन ।

    राधिका कल्पित
    काठमाडौं

    सम्बन्धित