
आखिर मरेरै गयो, लास खरानी भयो
होला केही गरौँला, आस खरानी भयो !
थोरै हावाको मजा चाह्यो, छोयो छानो टुकीले
पल भरमै गरिबको बास खरानी भयो !
बिछोडको आगोले पोल्दा, रमाउन सिक्दै थिएँ
सपनाहरूमा एउटा थियो खास खरानी भयो !
सोचेको त थियो, शिखर पुगि झण्डा लहराउने
आँधी आयो, भत्कायो रहरको रास खरानी भयो !
महत्त्वहिन रहेछ जिन्दगी उन्नति नभए
गरिबको जिन्दगीको मिठास खरानी भयो !
राजेशराज गड्तौला
मोरङ, नेपाल
हाल:- आबुधाबी, युएई