• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    तन्का कविता – श्रीराम श्रेष्ठ


    २०७९ पुष ३०, शनिबार

    २०७९ पुष ३०, शनिबार

    १,
    माया जोडियो
    खुशी सबै तानियो
    नक्कली खुशी
    चञ्चले भइदिंदा
    पीडाको थुप्रै थुप्रो ।

    २,
    बुधुनो माछो
    आकाशिदै पौडिंदा
    थाकेर खस्दा
    बिम्झी उठि हेर्दामा
    आफ्नै सानो संसार ।

    ३,
    निलो दहमा
    हामफाल्दै उफ्रेको
    जमेको पानी
    पिठ्यु नै बजार्दामा
    मुर्छा परि हाँसेको ।

    ४,
    रोइकराई
    जोडजाड गरेको
    सम्पन्न आफै
    चलाख बनी हेर्दा
    सफल बन्दा अचम्म ।

    ५,
    मायाको चिनो
    छातीमा टाँसिराख्दा
    दुखे छ मुटु
    विश्वासघात खेप्दै
    एक्लो बनी बाँचेको ।

    ६,
    सुगन्ध छायो
    मनमा खुशीयाली
    टिकेन हासो
    रमाइलो प्राप्तिमा
    अल्झिएको समय ।

    ७,,
    माया जोडियो
    खुशी सबै तानियो
    नक्कली खुशी
    चञ्चले भइदिंदा
    पीडाको थुप्रै थुप्रो ।

    ८,
    बुधुनो माछो
    आकाशिदै पौडिंदा
    थाकेर खस्दा
    बिम्झी उठि हेर्दामा
    आफ्नै सानो संसार ।

    ९,
    निलो दहमा
    हामफाल्दै उफ्रेको
    जमेको पानी
    पिठ्यु नै बजार्दामा
    मुर्छा परि हाँसेको ।

    १०,
    रोइकराई
    जोडजाड गरेको
    सम्पन्न आफै
    चलाख बनी हेर्दा
    सफल बन्दा अचम्म ।

    ११,
    मायाको चिनो
    छातीमा टाँसिराख्दा
    दुखे छ मुटु
    विश्वासघात खेप्दै
    एक्लो बनी बाँचेको ।

    १२,
    सुगन्ध छायो
    मनमा खुशीयाली
    टिकेन हासो
    रमाइलो प्राप्तिमा
    अल्झिएको समय ।

    श्रीराम
    बट्टार,नुवाकोट

    सम्बन्धित