• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    नेपालमा कुल नेपालीको जनसंख्या भन्दा ५८.१३ प्रतिशत धेरै बैंक खाता


    २०७९ पुष १०, आइतबार

    २०७९ पुष १०, आइतबार

    नुवाकोट /
    चालू आर्थिक वर्षको चार महिनामा नेपालको कुल जनसंख्याको तुलनामा बैंकमा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको छ।

    नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको एक प्रतिवेदनले चार महिनामा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको पाइएको हो ।

    प्रतिवेदन अनुसार, सो अवधिमा निक्षेप र कर्जाको गरी ४ करोड ९२ लाख २७ हजार ८१० वटा बैंक खाता खोलिएका छन् । जसमा ४ करोड ७४ लाख २४४ निक्षेप खाता र १८ लाख २७ हजार ५६६ वटा कर्जा खाता खोलिएका छन् ।

    प्रतिवेदनले नेपालमा बचत खाता मात्रै नेपालको जनसंख्या भन्दा ५८.१३ प्रतिशतले बढी रहेको देखाएको छ । नेपालको जनसंख्या २ करोड ९९ लाख ७४ हजार ३ सय ६० जना रहेको छ । आजको कारोबार दैनिकबाट

    सम्बन्धित