नुवाकोट जागरण
२०७९ असोज २, आइतबार
२०७९ असोज २, आइतबार
जब मान्छेवाट हो मानवता हराउँदै जानेछ
अनि समाज त्यसै पनि वरवर्राउँदै जानेछ।
तिमीले के सिकायौ असल कुरा जिन्दगीमा भन
सत्यसँग झुट भरे नि लर्रखराउँदै जानेछ।
टीका टिप्पणी र चियाे चर्चाे विना पनि वाँच्न सिक
कसैलाई हेप्दा अाफ्नै सम्मान डराउँदै जानेछ।
सक्छौ सबैलाई राम्रो बाटाे देखाएर जाने गर
अरुकाे ईष्याले मात्र खरानी गराउँदै जानेछ।
भगवती खनाल (सुनाखरी)
नुवाकोट

