काठमाडौ /
झापा जिल्लाको निर्वाचन क्षेत्र नं -२ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको निर्वाचन क्षेत्र समेत रहेको झापा -२ बाटै राइट टु रिजेक्टका प्रणेता तथा अधिवक्ता स्वागत नेपालले पनि स्वतन्त्र रास्ट्रीय अभियान नेपालका तर्फबाट साझा उम्मेदवारी घोषणा गरेका हुन।

आफ्नो उम्मेदवारी घोषणा गर्दै स्वागत नेपालले संजालमा लेखेका छन् “झापा क्षेत्र नं. २ बाट पूर्व प्र.म. के पी ओली ज्यु उठ्दै हुनुहुन्छ भन्ने जानकारी भएकोले मात्र होइन म जन्मे, पढे, बढे र हुर्किँदै अहिलेसम्मको मलाई म बनाएको बनेको ठाउँ झापा निर्वाचन क्षेत्र नं. २ बाट सांसदको उम्मेदवारी घोषणा गर्दछु ।

देशैभरका स्वतन्त्र समूहहरु, सक्षम व्यक्तित्वहरु र संसदमा पुगेर एमसीसी र नागरिकता विधेयकका राष्ट्रघाती बुँदाहरु खारेज गर्ने, राइट टु रिजेक्ट, रिकल लगायतका एजेण्डामा सहमत सबै साथीहरुको साथ रहने उनले बताएका छन् ।

यस स्वतन्त्र अभियानले देशैभर १६५ उम्मेदवार उठाउने, यसअघि आफैँ उम्मेदवारी घोषणा गरिसकेका साथीहरुलाई समर्थन गर्ने र उहाँहरु उठ्नु भएको स्थानमा हामीले उम्मेदवार नउठाई बरु उहाँहरुका लागि पनि भोट माग्ने, तर जसरी पनि पुरानालाई हराउने र संसदबाट एमसीसी र प्रदेशका मन्त्री सांसद मुख्यमन्त्री समेत खारेज गरी स्थानीय तहलाई शक्तिशाली बनाउने लगायतका एजेण्डाहरु रहने बताएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय