• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    इराकको संसद भवनमै छिरे प्रदर्शनकारी: नाचगान गरे टेबलमै सुते


    २०७९ श्रावण १२, बिहिबार

    २०७९ श्रावण १२, बिहिबार

    काठमाडौँ /
    इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् ।धर्मगुरु मुक्तदा अल-सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

    गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् ।

    इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन् ।भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेका थिए ।

    त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीच को विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन । एजेन्सी

     

    सम्बन्धित