काठमाडौं /
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको धुनिबेसी गाउँपालिका-९ घर भई हाल चाबहिल बस्ने २७ वर्षीय विकास थापा रहेका छन् ।


उनले दुबई (यू.ए.ई ) पठाइदिने भन्दै दुईजनाबाट ११ लाख रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक एवं प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
