• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    भगवती खनाल`सुनाखरी´को गजल: एउटै मात्र धनी कहिलेसम्म हुन्छ


    २०७९ असार २९, बुधबार

    २०७९ असार २९, बुधबार

    एउटै मात्र धनी कहिलेसम्म हुन्छ
    भन न लौ जननी कहिलेसम्म हुन्छ।

    गरिबको बस्तीमा यहाँ झुप्रैझुप्रो छ
    महल गनी गनी कहिलेसम्म हुन्छ।

    तिमी मात्र सधैं त्यसै अघाउँछौ किन?
    भोको हेर म पनि कहिलेसम्म हुन्छ।

    मेरो देशमा समान न्याय सबैलाई
    देख्छु त्यो नै सपनी कहिलेसम्म हुन्छ।

    भगवती खनाल (सुनाखरी)
    नुवाकोट

    सम्बन्धित