एउटै मात्र धनी कहिलेसम्म हुन्छ
भन न लौ जननी कहिलेसम्म हुन्छ।

गरिबको बस्तीमा यहाँ झुप्रैझुप्रो छ
महल गनी गनी कहिलेसम्म हुन्छ।

तिमी मात्र सधैं त्यसै अघाउँछौ किन?
भोको हेर म पनि कहिलेसम्म हुन्छ।

मेरो देशमा समान न्याय सबैलाई
देख्छु त्यो नै सपनी कहिलेसम्म हुन्छ।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय