नुवाकोट /
टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टिभीको काम छोडेर राजनीतिमा होमिएका छन्। आगामी निर्वाचनमा प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने तयारीस्वरूप उनले टेलिभिजनको काम छाडेका हुन्।

उनले फेसबुकमा एक भिडियो राख्दै आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्‍याउन चाहेको बताएका छन्।

उनले भनेका छन्, ‘म रहरले सञ्चारकर्मी भएको हुँ। तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। उनको यो घोषणा संगै राजनीतिक क्षेत्र तरंगित बनेको हो।

उनलेे भनेका छन् यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केही पनि होइन। यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रूपमा ग्रहण गरिदिनु होला’

आफू राजनीतिमा नयाँ पुस्ता बन्न चाहेको उल्लेख गर्दै यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमाबाट जानकारी गराउने बताए। उनले कार्यक्रममा आउनेहरू लाई खाना, खाजा बाइककाे सुविधा दिन नसक्ने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय