• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    आर्थिकमन्दीले थलिएको श्रीलंकामा: खेती गर्नकै लागि हप्ताको एकदिन सार्वजनिक विदा


    २०७९ जेठ ३१, मंगलबार

    २०७९ जेठ ३१, मंगलबार

    काठमाडौ /
    श्रीलंका सरकारले कृषि प्रवर्द्धनका निम्ति हप्ताको एकदिन शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलवी विदा दिने निर्णय पनि गरेको छ ।

    ‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

    प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए ।स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।

    सम्बन्धित