नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा शंकास्पद गतिविधि गर्ने ५ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन।
ग्याँसको रेगुलेटर फेर्ने निहुँमा व्यक्तिको घरभित्र अनुमती बिना प्रवेश गरेका उनिहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन।



नेपाल एलपी होम ट्रेडर्स नामक कम्पनीमा कार्यरत उनिहरु धादिङ हुँदै नुवाकोट प्रवेश गरेका हुन। उनिहरुको ग्रुप ८ जनाको भएपनी ३ जना नेत्रावती मै रहेको बताइएको छ भने उनिहरुको आइडी कार्ड र नागरिकता समेत अलगअलग भेटिएपछि थप अनुसंधानका लागी जिल्ला पठाईएको छ।

धादिङको नेत्रावती डबजोङबाट नुवाकोटको म्यागङ प्रवेश गरेका उनिहरुसंग कुनैपनी जिल्ला र पालिका/वडाको सिफारिस नरहेको सामरी प्रहरी चौकीले जनाएको छ।

स्थानीय हिरामाया तामाङको घरभित्र पसेर आफ्नो पेशा भन्दा बाहिरको सोधखोज गर्नेक्रममा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो।
