• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    ‘युद्वकवी’ देव केसीका तीन मुक्तक: क्विन्टलको ईज्जत किलो भएपछि


    २०७९ जेठ २४, मंगलबार

    २०७९ जेठ २४, मंगलबार

    हुनुपर्ने ओभानो तर सावित् हिलो भएपछि।
    बन्नुपर्थ्यो साह्रो, तर अति गिलो भएपछि।
    करोडपति बन्नुको के औचित्य महोदय ,
    क्वीन्टलको ईज्जत घटेर किलो भएपछि ।

    ***********************

    अन्जानलाई सम्मान, जान्नेलाई लत्याउने सम्म हुन्छ।
    ईमान्दारलाइ ईन्कार, बेईमानलाई पत्याउने सम्म हुन्छ ।
    कलाकारको राजनिति पनि महोदयले बुझ्नु भयो नि ?
    साथीले साथी लुट्ने फसाउने ज्यान हत्याउने सम्म हुन्छ ।

    **********************

    देशमा शान्ति के आश गर्नु भाला खुँडा तरवारबाट
    मजदुर पिडित् बजार भाउ र खर्चिलो त्यो घरवारबाट
    महङ्गीले आकाश छोयो, जनता सदा मर्कामा छन्,
    नेता साँढे भुक्छन् सँधै, अझै सिंहदरवारबाट ।

    “युद्वकवि” देव के.सी.
    शिवपुरी – १, नुवाकोट

    सम्बन्धित