• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    एकीकृत समाजवादीले फिर्ता बोलायो मन्त्रीहरु: को-को बन्दैछन नयाँ मन्त्रीहरु ?


    २०७९ जेठ २२, आइतबार

    २०७९ जेठ २२, आइतबार

    नुवाकोट /
    सत्ता साझेदार दल एकीकृत समाजवादी पार्टीले आफ्ना चारजना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ।

    फिर्ता बोलाइएका मन्त्रीहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन्।

    यी मन्त्रीहरु फिर्ता भएसँगै नयाँले अवसर पाएका छन्। हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङले त्यहीँ मन्त्रीको जिम्मेवारी पाएका छन्।

    त्यसैगरि समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्री, मेटमणि चौधरीलाई शहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने भएको छ। एकजना नेताका अनुसार हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्ने पक्का भएको छ।

    सम्बन्धित