• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    युएईसंग नेपाली महिला क्रीकेट टोलिको लज्जास्पद शुरुआत: ८ रनमा अलआउट


    २०७९ जेठ २१, शनिबार

    २०७९ जेठ २१, शनिबार

    नुवाकोट /
    मलेसियामा जारी आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमै अलआउट भएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८.१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो ।

    नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो ।कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

    यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन।

     

    सम्बन्धित