नुवाकोट /
बागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले एकान्तकुना र गुर्जुधारा र पोखरामा रहेको यातायात कार्यालयमा पूर्वाधार तयार गरिएकाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको हो।
नामकरण भइसकेका प्रदेशमातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सवारीहरुमा चरणबद्ध इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ।
प्रचलित ऐन तथा नियममा भएको व्यवस्थाबमोजिम सवारीहरुमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन बागमती प्रदेश र गण्डकी प्रदेश भनेको छ।


‘एकान्तकुना, गुर्जुधारा र पोखरामा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन भए/नभएको सम्बन्धमा २०७९ साउन १ पछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गर्ने’, सूचनामा उल्लेख छ, ‘तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुनेछ।’
