• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    भगवती खनाल ‘सुनाखरी’को गजल – हेर्नुछ आमा !


    २०७९ जेठ १०, मंगलबार

    २०७९ जेठ १०, मंगलबार

    कति भट्टि छिरेर रमाउँछन् हेर्नुछ आमा
    कयौं यतै फिरेर रमाउँछन् हेर्नुछ आमा।

    सन्तान शिवाय केही नसाेचि जिउने तिमी
    तिनले के भिरेर रमाउँछन् हेर्नुछ आमा।

    माटाेको शिरानि राखेर तिमीले माटाे देख्यौ
    माटाेमै काे गिरेर रमाउछन् हेर्नुछ आमा।

    देशमा अझै असल सन्तान खाेजिनु पर्छ
    कति धर्ति चिरेर रमाउँछन् हेर्नुछ आमा।

    आफै हारि अरुकाे जितमा रमाउनेहरु
    क-कस्लाई पिरेर रमाउँछन् हेर्नुछ आमा।

    भगवती खनाल ‘सुनाखरी’
    नुवाकोट

    सम्बन्धित