भक्तपुर/
जिल्लाको सूर्यविनायक नगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ।

मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४ हजार ७५८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार २३२ मत ल्याए।

त्यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिना विजयी भइन्। उनले १४ हजार ४९० मत ल्याइन्। उनीसँग पराजित नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६६१ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय