• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    साहित्यकार रामचन्द्र तिम्सिनाको गजल- सहानुभूतिको भोट


    २०७९ जेठ ४, बुधबार

    २०७९ जेठ ४, बुधबार

    कोहि तल कोहि माथी देखासिखी भाकै हो
    कोहि यता कोहि उता लुकिछिपी गाकै हो।

    झार्छन सबले भावुकतामा गोहिको आँसु
    मौकामा ब्वाँसाले झैं लुछिलुछी खाकै हो।

    वचन पूरा होस नहोस आफ्नो ठाउँमा छ
    आकाश झार्ने गफ खोजिखोजी लाकै हो।

    फरकफरक पार्टीको फरकफरक ब्यापार
    सहानुभूतिको भोट झुकिझुकी पाकै हो।

    पञ्चे र सामन्तीहरु सर्वहराको भेषमा
    गाउँबस्ती चुलोचौको ढुकिढुकी आकै हो।

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ -५ सामरी, नुवाकोट

    सम्बन्धित