• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    नेपालमा “मध्य प्रदेश” लेखिएको गाडी इटहरीको सडकमा


    २०७९ वैशाख १४, बुधबार

    २०७९ वैशाख १४, बुधबार

    इटहरी/
    गाडीको नम्बर प्लेटमा ‘मध्य प्रदेश’ लेखिएको फेला परेपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

    नम्बर प्लेटमा ‘मध्य प्रदेश–०३ ००१ ख ७६३३’ लेखिएको ट्रक सडकमा देखिएपछि नेपाली कांग्रेस नेता मीन विश्वकर्माले फोटो खिचेर सामाजिक सञ्जालमा राखेका छन्।

    फोटोसहित विश्वकर्माले फेसबुकमा जिज्ञासा राखेका छन्, ‘आज बिहान करिब ११ः०० बजे बिराटनगर एयरपोर्ट जाने क्रममा दुहवीको पुलमा देखिएको यो ट्रकको नम्बर कहाँको यातायात कार्यालयले जारी गरेको होला? मध्य प्रदेश भनेको नेपाल कि भारत हो? अङ्क लेखाइ नेपाली छ! बुझ्नै सकिएन!’

    नेपालका यातायात कार्यालयले दिने गाडीको नम्बरमा सुरुमा प्रदेशको नाम राख्ने गरिएको छ। तर, मध्य प्रदेश नेपालमा नभएर भारतको राज्य हो।

    मिल्दो जुल्दो खबर