मानिसहरुलाई थाहा छैन हामीले दैनिक खाने खानामा कित भात कित ढिडो अथवा जे खाइरहेको छ रोटी लगायत त्यो भन्दा अरु बिकल्प नदेख्दा त्यही खान बाध्य हुन्छन् तर खानामा पनि विकल्प छ त्यस्तै गणतन्त्र र राजतन्त्र को पनि विकल्प छ त्यो भनेको उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजातन्त्र हो ।यो एउटा यस्तो विकल्प हो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड :
मेरो बुबाले भन्नुहुन्थ्यो “बुझ्नलाई कठिन बुझे पछि कठिन झन बुज्झ्यो झन कठिन” सानो छँदा यो कुरा बुझिन अहिले बुझ्दैछु राजनीति पनि त्यस्तै रहेछ ।मुलुक चलाउने व्यवस्था पनि एउटा कालखण्ड पछि अग्रगामी हुन खोज्दोरहेछ ।
नेपालमा वास्तवमा राजनीतिक परिवर्तन भएको छैन ।अहिलेसम्म नेपालमा परिवर्तनका लागि योगदान दिने राजनीतिक दल र नेताहरु सबैलाई सम्मान गरिदिउँ तर अब तिनीहरूबाट देशले निकास नपाउने निश्चित भएको छ ।
व्यवस्थामा सुधारले मात्र पुग्दैन मूलभूत कुराहरू परिवर्तन गर्नु जरुरी छ ।अहिलेसम्म नेपालमा भएको सुधार र सम्झौताको राजनीति मात्र हो ।जसको परिणाम तपाई हामी समक्ष छर्लङ्ग छ ।यो कुरा नेपाली जनसमुदायले जति सक्दो छिटो बुझ्न जरुरी छ ।बुझेकाहरुले अरुलाई बुझाउनुपर्छ ।नेपालमा राजनीतिक परिवर्तन पुराभयो अबस्था परिबर्तन गर्ने भन्ने नारा लिएर केही पार्टी चुनावमा जाँदैछन् ।
संकीर्ण सोच भएकाहरु आफ्ना पार्टी र नेताको अनुकूल विचार राख्ने गर्दछन् ।तिनीहरूलाई पछाडि छोडिदिनु पर्छ । उन्नत विचार भएका नयाँ अनुहारहरुबाट नयाँ राजनैतिक शक्ति निर्माणका लागि अग्रसर बन्नु पर्छ ।
झुण्डमा अल्झिएकाहरुले मुलुकलाई निकास दिन सक्दैनन् विकृत संसदीय व्यवस्थाको अन्त्यबाट मात्र नेपाल भ्रष्टचारमुक्त देश बन्न सक्नेछ । जताबाट घुमाएर पनि आफ्नै पार्टी र नेताहरूले गरेको कार्य दुरगामी छ भन्ने भ्रम फैलाउन माहिर अहिलेका समयका साइबर स्यालहरूको भूमिगत सफाया पनि जरुरी छ ।
मुख्यतः देशको संविधान नै पुन:लेखन गर्नुपर्छ जसकालागि अहिलेसम्म राजनीतिमा देखा नपरेका अनुहार देखिन जरुरी छ । उन्नत लोकतान्त्रिक विचार बोकेर सम्झौताको राजनीति अन्त्य गरी नेपाललाई विकसित राष्ट्र बनाउने मार्गमा लाग्न जरुरी छ ।
अबको विकल्प लाई आत्मसात नगर्नेहरुलाइ इतिहासले धिक्कार्ने छ। समस्यामात्र देखाउनेहरु नयाँ राजनीतिक वैकल्पिक शक्ति हुन सक्दैनन् व्यवस्था ठीक छ व्यक्तिमात्र खराब भए म भए सबै ठीक गर्छु भन्नेहरु झन् खराब हुन्छन् संसारमा व्यक्तिको कुनै भरोसा छैन त्यसैले व्यवस्था नै व्यवस्थित हुन जरुरी छ अबको विकल्प राइट टु रिजेक्ट रिकल सहित को प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, सांसद मन्त्री बन्न नपाउने व्यवस्था (उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजातन्त्र)
लेखक आँगेली माईला उन्नत लोकतन्त्र पार्टीका संगठन विभाग सदस्य हुनुहुन्छ ।