काठमाडौ /
नेपाल आयल निगमले इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरी परल मूल्यमा इन्धनको बिक्री गर्ने तयारी सुरू गरेकाे छ ।

अर्थ मन्त्रालयमा आज मंगलबार यस विषयमा छलफल समेत भएकाे छ । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, श्रम मन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल,  गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव डा. गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत अर्थ मन्त्रालयको टोली उपस्थित थियो।

परल मूल्य लागू हुँदा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको मूल्य १७० रुपैयाँ र एलपी ग्यासको मूल्य २५ सय २८ रुपैयाँ ६६ पैसा पुग्नेछ । हाल पेट्रोलको मूल्य १५५ रुपैयाँ, डिजेलको मूल्य १३८ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ५ सय ७५ रुपैयाँ रहेकाे छ ।

यसअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटालाई न्यूनिकरण गर्ने प्रस्ताव अघि सारेको थियाे ।निगमले विभिन्न १० वटा प्रस्ताव अघि सारेको थियाे ।जसमा अब उप्रान्त पेट्रोल, डिजल, मट्टितेल तथा एलपी ग्यासमा प्रति युनिट जेजति घाटा भइरहेको छ उक्त घाटा एकै पटकमा समायोजन गरी निगमलाई न नाफा न घाटा अवस्थामा संचालन गरिनुपर्ने निगमको प्रस्ताव थियाे ।

त्यस्तै नेपाल सरकारले केही समयका लागि पेट्रोलियम पदार्थमा लिइदै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर पुर्वाधार शुल्क लगायतका शुल्कमा प्रति लिटर १५ रुपैयाँ  र एलपी ग्यासमा प्रति सिलिण्डर  २०० रुपैयाँ सम्मले सरकारी शुल्कहरू मिनाह गरिनुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्ने निगमको प्रस्ताव थियाे ।यो समाचार Arthasansar मा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय