२०७८ फागुण १९, बिहिबार
काठमाडौं /
नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (Domestic Remittance) को सीमा घटाएको छ। केन्द्रीय बैंकले फागुन १८ गतेदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।
राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्ने सम्बन्धमा बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरुले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ।
यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँसम्म थियो। यस्तै केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ।


