• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    अबदेखी बैंकले ॠण असुलिको सूचनामा: ॠणीको फोटो प्रकाशित गर्न नपाइने


    २०७९ माघ २९, आइतबार

    २०७९ माघ २९, आइतबार

    काठमाडौ /
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको सूचना प्रकाशित गर्दा ऋणीको फोटो प्रकाशित गर्न नपाइने व्यवस्था गरेको छ। बिहीबार बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

    एक वर्ष भन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीमा सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था रहेको थियो ।

    त्यसमा केन्द्रीय बैंकले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ। ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न पाइने छैन’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा भनिएको छ।

    सम्बन्धित