• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    हुम्लाको लिमीमा निर्वाचन अघि नै चुनिए वडा अध्यक्ष र सदस्य: औपचारिकता मात्रै बाँकि


    २०७८ चैत्र ६, आइतबार

    २०७८ चैत्र ६, आइतबार

    काठमाडौं /
    हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचन अगाडि नै वडा अध्यक्ष र सदस्यहरु चुनेका छन् ।जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुनेका हुन् ।

    वडा अध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् ।उनी नेपाली कांग्रेसका हुन् ।सदस्यहरुमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए ।

    उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुने छ र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । ‘गाउँलेहरुको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुने र अब त्यसलाई प्रक्रिया पुर्याएर औपचारिकता दिन बाँकी छ,’ गाउँपालिका अध्यक्ष लामाले भने।उनका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।

    अब आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि मात्र मतदान हुने गाउँपालिका अध्यक्ष तामाङले बताए ।

    सम्बन्धित