
काठमाडौ /
आँखामा खुर्सानीको धुलो छर्केर सुन तथा नगद डकैती गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।उक्त कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटना बिवरण अनुसार गत फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसलका व्यापारी लुटिएका थिए ।पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर कोठा फर्किने क्रममा चुच्चेपाटीमा एक भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए ।
आँखामा अपरिचित व्यक्तिले खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोला समेत लुटी फरार समेत भएका थिए ।पीडितले महानगरीय प्रहरी वृत्त गौशालामा दिएको उजुरीका आधारमा दाङका महेश बिश्वकर्मा र राजेन्द्र सेनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।