मनमा वस्नेलाई भुईमा राख्न नमिल्ने रैछ
दिलकाे चाेटहरु मलमले ढाक्न नमिल्ने रैछ।

आँसुले भरियाे जीवन भनेर रुन्छन् संसार नै
पिरहरु हटाई खुसीहरु डाक्न नमिल्ने रैछ।

कला रहेछ जिन्दगी सिक्ने र सिकाउने खेल छ
लडियाे भनेर हरेस खाई थाक्न नमिल्ने रैछ।

जित्नेहरुले जित्छन् केही हार्नेहरुले हार्छन् केही
तमासा अनेकौंमा यहाँ एक ताक्न नमिल्ने रैछ।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय