
इटहरी /
सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश नं. १ को औपचारिक उद्घाटन तथा कवि समर चेम्जोङ आभास द्वारा लिखित कबिता संग्रह ” निलो परदेश” को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश नं.१ को आयोजनामा उक्त लोकार्पण कार्यक्रम सम्पन्न भएको हो।
श्री किरण टि. लिम्बुको सभापतित्व र इन्दु नेपाल योन्जनले संचालन गरेको उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रा. डा. बद्री विशाल पोख्रेल र बिशिस्ट अतिथिमा कवि मनु मंजिलको उपस्थिति रहेको थियो।
सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश नं.१ का सह-सचिव इन्दु नेपाल योन्जनले “कार्यक्रमलाइ सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश नं. १ का संपुर्ण कार्यसमिती पदाधिकारी, केन्द्रीय कार्य समितिका महानुभावहरु तथा कार्यक्रममा पाल्नु हुने संपुर्ण अतिथी गण पत्रकार तथा मिडियाकर्मीहरुमा हार्दिक आभार प्रकट गर्दै पुस्तकका लेखक श्रस्टा /कवि श्री समर चेमजोङ आभास लाई को उज्वल भबिश्यको कामना सहित कृति सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।