काठमाडौ /
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पूर्वमन्त्रीहरु शंकर पोखरेल र योगेश भट्टराईलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल र पर्यटनमन्त्री भट्टराई दोषी देखिए कारवाही गरिने बताएका हुन।

योगेश भट्टराई माथी विदेशबाट नेपाली नागरिकको उद्धारका लागि गरिएको प्लेन चार्टरका क्रममा तोकिएको भन्दा ४ गुण बढी भाडा लिएको आरोपसमेत मन्त्री आलेले लगाएका छन् ।

एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छानबिन समितिले अध्यायन गरिरहेको बताउँदै उक्त प्रतिवेदन आएपछि दोषी देखिने कसैलाई नछोड्ने बताएका हुन् ।

सहसचिव सुरेश आचार्यको संयोजककत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ।’

योगेश भट्टराईको कर्तुतबारे भट्टराईपछि मन्त्रालय सम्हाल्न आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनले नै छर्लंग गरिसकेको मन्त्री आलेले बताएका छन् ।

‘भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भट्टराईले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएकाे छ। उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा दोब्बर मात्रै नभइ चौबल भाडा समेत लिएको निष्कर्ष निकालिएको प्रमाण छ,’ मन्त्री आलेले भने  ।

सो प्रतिवेदनले नै तत्कालीन मन्त्रीलाई कारवाही गर्न सिफारिस गरे पनि त्यसको सुनुवाइ नभएको उनले बताएका छन् । आफू मन्त्रालयमा आएपछि पुनः छानबिन समिति बनाएर अध्ययन गरिरेको उनले बताए ।१० दिनको मिति राखेर प्रतिवेदन तयार गर्न निर्देशन दिएको उनको भनाइ छ ।

१० दिनभित्र आएको प्रतिवेदनपछि पत्रकार सम्मेलन गरेर योगेश भट्टराई नै दोषी भए पनि नछोड्ने उनले चेतावनी दिएका हुन् ।उनले उक्त भ्रष्टाचारमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल नै दोषी भए पनि नछोड्ने चेतावनी दिए ।

मन्त्रालय मातहतको जो-कोहीले कमजोरी गरे पनि मन्त्री भागेदार हुनुपर्ने र जिम्मेवार हुनुपर्ने मन्त्री आलेको भनाइ छ ।थाहा छैन/थिएन भनेर भाग्न नमिल्ने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय