• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    चर्चित गायक राजेश पायल राई माथी स्टेजमै हातपात (भिडियो सहित)


    २०७८ पुष १७, शनिबार

    २०७८ पुष १७, शनिबार

    काठमाडौ /
    नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राजेशपायल राईमाथि हातपात भएको छ ।न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट न्याँक्दै हातपातको प्रयास गरेको हो ।

    कार्यक्रममा सहभागी अन्य दर्शकले हात पातबाट जोगाएर ती व्यक्तिलाई त्यहाँबाट निकालेका थिए ।सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपा,त गर्ने प्रयास गरिरहेको दृश्य भिडिओमा देख्न सकिन्छ ।

    नयाँवर्ष मनाउन राई इज किङ भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् ।

    सम्बन्धित