• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    युद्धभट्टीमा सत्ताको रोटी सेक्नेहरूलाई धिक्कार !


    २०७९ चैत्र ५, आइतबार

    २०७९ चैत्र ५, आइतबार

    दिउँसै रात पार्न हत्केलाले घाम छेक्नेहरूलाई धिक्कार !
    स्वस्थ गोडा गिँडेर बैसाखी टेक्नेहरूलाई धिक्कार !!
    प्रह्लादसामु होलिकाको के हाल भएथ्यो, याद होलानि ?
    युद्धभट्टीमा सत्ताको रोटी सेक्नेहरूलाई धिक्कार !
    **************************
    फुट्दा गाग्रो घोप्टियौ वा पोखियौ के भयो ?
    वजन घट्ने तुलोमा पो जोखियौ के भयो ??
    आफ्नै रगतले वैरीको अभिषेक गर्यौ रे !
    केवल चोख्यायौ उसलाई वा चोखियौ के भयो ???
    *************************
    मुटु छ या पिपको कुण्ड छातीमा रक्तनलीलाई सोध ।
    भुल्यौ आफ्नै इतिहास यदि भने वेदीको बलिलाई सोध ।
    देश जलिरहँदा बाँसुरी फुक्ने ए नेपाली निरो महाराज !
    भँगेराबाट भुत्लिनुपर्दाको पीडा गौँथलीलाई सोध ।।

    भरत सिग्देल
    नुवाकोट

    मिल्दो जुल्दो खबर