• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    गजल: कसैको दया पलाएन मेरो रोदनबाट


    २०७९ पुष १, शुक्रबार

    २०७९ पुष १, शुक्रबार

    जब बा’को लास उठ्यो आँगनबाट
    कसैको दया पलाएन मेरो रोदनबाट ।

    साहुले गृह भूमि कब्जा गरेको देख्दा
    सहानुभूति आएन कोही सज्जनबाट ।

    पुछियो सिउँदो लुटियो श्रृङ्गार आमाको
    सुनेन कसैले मेरो चित्कार धड्कनबाट ।

    अरे दैव तँ त अरूको दु:खमा रमाउने होस्
    कहाँ बुझ्थिस् र यी शब्दको लेखनबाट ।

    मर्ने त मरेर गए बाँच्नेलाइ खुवाऊँ कसरी
    खै कसले बुझ्थ्यो र हृदयको कम्पनबाट ।

    आस्था निरौला

    मिल्दो जुल्दो खबर