• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    वाग्मती प्रदेशमा गठबन्धन बलियो


    २०७९ मंसिर १७, शनिबार

    २०७९ मंसिर १७, शनिबार

    नुवाकोट /
    वाग्मती प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी १ सय १० सदस्य निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ ६४ क्षेत्रको नतिजा आइसकेको छ। दोलखाका २ क्षेत्रको परिणाम सार्वजनिक हुन बाँकी रहेको छ।

    सार्वजनिक नतिजाअनुसार कांग्रेसले २४, माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा एसले ५ तथा नेमकिपा र हाम्रो नेपाली पार्टीले १÷१ क्षेत्रमा जित निकालेका छन्।

    वाग्मती प्रदेशमा समानुपातिकतर्फ एमालेले ३०.३०, कांग्रेसले २५.३३, माओवादी केन्द्रले १४.७२, राप्रपाले १४.५७, नेमकिपाले ३.६६, नेकपा एसले ३.४७ र हाम्रो नेपाली पार्टीले २.५५ प्रतिशत हाराहारीमा मत पाएका छन्।

    यस आधारमा समानुपातिकतर्फ एमालेले १४, कांग्रेसले १२, माओवादी केन्द्रले ७, राप्रपाले ७, नेमकिपाले २, नेकपा एसले २ र हाम्रो नेपाली पार्टीले १ को हाराहारीमा सिट पाउने देखिन्छ। यो नतिजाअनुसार यहाँ वर्तमान सत्ता गठबन्धनले सहज ढंगबाट सरकार बनाउन सक्छ।

    मिल्दो जुल्दो खबर