• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    प्यारो म्यागङ समृद्ध म्यागङ!


    २०७९ मंसिर १५, बिहिबार

    २०७९ मंसिर १५, बिहिबार

    सबैलाई समान मायाँ गर्छ यहाँको हावापानीले!
    हो
    न उधुम गर्मी छ यहाँ नत उत्पात जाडो नै
    धनी-गरिब सबलाई समान ब्यवहार गर्छ यहाँको मौसमले !

    मैले महशुस गरेको छु
    तराईमा जस्तो सितलहर चल्दैन यहाँ
    तातो हावा “लु” लाग्दैन यहाँ
    त्यसैले त कोहि कठ्यांग्रीएका छैनन् अहिलेसम्म
    न कोहि भोकमरीले मरे नत झाडापखालाले
    त्यसैले त मलाई प्यारो लाग्छ म्यागङ !

    थाहा छ ?
    राजनीतिमा पनि
    आफ्नो छुट्टै पहिचान बनाएको छ म्यागङले
    इतिहास रच्ने अर्जुननरसिंह केसि होस या
    नयाँ अनुहार सुमन पाण्डे
    सबैलाई समान स्वागत गर्छ म्यागङले !

    समुदाय र सम्प्रदायमा पनि
    एक मिसाल बनेर ठिङ्ग उभिएको छ म्यागङ
    एकाध व्यक्तिवादी सोच बाहेक
    कसैलाई घृणा गर्दैन म्यागङले !

    अझ भनौं त
    मिहिनेत गर्दा सुन फल्ने माटो अनमोल छ यहाँको
    संस्कृति र सभ्यता पुरानो छ यहाँको
    हरेक गाउँबस्ती जोडिएको मोटरबाटो छ यहाँको !

    कृषि र पर्यटनमा प्रचुर सम्भावना बोकेको छ म्यागङले
    किम्ताङको चिसो सिरेटोदेखी थोपलको तातो बगरसम्म
    चाहन्छु म
    हरेक बस्ती र टोलमा बिकासको मुल फुटोस
    कोहि बिदेशिनु नपरोस कोहि भोकले मर्नु नमरोस
    कोहि स्वास्थ उपचारबाट वन्चित हुनुनपरोस
    सबै नागरिक शिक्षित होस
    सबै नागरिक सभ्य बनोस
    प्यारो म्यागङ समृद्व म्यागङ
    एकपटक विश्वले चिनोस !!
    एकपटक विश्वले चिनोस !!

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ -५ सामरी, नुवाकोट

    मिल्दो जुल्दो खबर